कायापलटद्वारा प्लास्टिक फ्रि नीतिमाथिको संवाद सम्पन्न

जनकपुरधाम । युवाहरुको सँस्था कायापलटद्वारा प्लास्टिक झोला अन्त्य गर्नका लागि सरोकारवाला बिच प्लास्टिक फ्रि नीति ल्याउन बहस सुरु भएको छ । जनकपुरधाममा‌ प्लास्टिक सम्वन्धि कठोर नीति नभएकोले यसको निर्माण प्रक्रिया सुरु गर्नुपर्ने कायापलटका संस्थापक दिवाकर उप्रेतीले बताए । उनका अनुसार जनप्रतिनिधि सचेत नभएसम्म यसको निर्माण र कार्यान्वयन हुन नसक्ने भएकोले सरोकारवालासँगको संवाद मार्फत ध्यानाकर्षण गराएको समेत बताए ।

प्लास्टिक झोलाको विकल्प र प्लास्टिक अन्त्य भन्दा पनि प्लास्टिक बारे बुझ्न पर्ने अध्यापक अशोक शाहले प्रस्तुतिमा उल्लेख गरेका थिए । उनले उल्लेख गरेका मानक तथा तथ्याङ्क र तथ्य अनुसार जनकपुरधाममा २७ प्रतिशत फोहर पुन: प्रसोधन तथा प्रयोग गर्ने खालको छ भने ७१ प्रतिशत फोहर जैविक रहेको देखिन्छ।

उनको प्रस्तुतिलाई आधार मान्दै सुरु भएको छलफलमा गंगासागर सरसफाई तथा प्रदेश सांसद रामअषिस यादवद्वारा जनकपुरधाममा सफल रुपमा भएको सरसफाई तथा स्वच्छता प्रवर्द्धन गर्ने स्थानिय तहलाई थप नीति ल्याउन सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले अभियानका लागि मात्र अभियान नभएर परिणाम ल्याउन कार्य गर्ने गरि नगरपालिकालाई सहयोग गर्ने बताए । उनले प्रस्तुति मार्फत गंगासागर को एक दशक लामो परिवर्तित स्वरुपमा जागरुक गराएका थिए ।

त्यस्तै कार्यक्रममा प्लास्टिक झोला मुक्त गर्न कपडा झोला अभियानी कृष्ण चन्द्रद्वारा मानिसलाई सचेतना बढाउने तथा उनिहरुलाई प्लास्टिक झोला प्रयोग नगर्नेका लागि कपडा झोला नीति लिन सुझाएका थिए । कार्यक्रममा जनकपुरधाम

उपमहानगरपालिकाका वडा १० का वडाध्यक्ष मिथिलेश कुमार कर्णले सम्भावनामात्र नभएर आफ्नै वडामा पन्नी झोला मुक्त वडा कार्यालय तथा क्रमश : वडाका पसलहरुमा कार्यक्रम सञ्चालन गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका थिए। उनले स्थानीय सरकारले चाहेको तर थुप्रै अड्चनहरु रहेकोले पनि कार्यपालिका वैठकमा यसबारे संवाद गरिने समेत उल्लेख गरेका छन्।

स्वच्छ वातावरणमा बस्न पाउने मौलिक हक नै कुन्ठित भैरहदा पनि सरोकारवालाले नीति कार्यान्वयन गर्न चुकेको अधिवक्ता रेखा झाले बताईन् । उनले सामान्य रुपमा नीतिलाई लचिलो नभई कडा कानुन निर्माण गर्नुपर्ने सुझाव दिएकि छिन् । उनले वातावरण सबैको भएकोले यसको जगेर्ना गर्ने कार्यको दायित्व बुझाउनुपर्ने बताइन्।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका कार्यपालिका सदस्य, वडा सदस्य, युवा, नागरिक समाज, अभियान्ता तथा प्रध्यापक र अधिवक्ताहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया