भेटेरीनरि पेशालाई मर्यादित बनाउन चिकित्सकहरुको सुझाव

बारा । रौतहट–बारा–पर्साका भेटेरिनरी चिकित्सकहरुद्धारा आयोजित वनभोज कार्यक्रम सम्पन्न भएको छ । चिकित्सकहरुबीच आपसी सद्भाव, एकता, चीनजान तथा सामिप्यता बढाउने उद्धेश्यका साथ कार्यक्रम सम्पन्न भएको हो ।

यस क्षेत्रमा पशु चिकित्सा पेशामा विभिन्न जिल्लाबाट आवद्ध पशु चिकित्सकहरुको उत्साहजनक सहभागिता साथ डा. दिनेश तिवारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागि नार्क परवानीपुरका वैज्ञानिक डा. अजित झाले पशु चिकित्सा क्षेत्र उत्कृष्ट हुनेपर्नेमा जोड दिए । भेटेरीनारी पेशाको समृद्धिबिना कृषि क्षेत्र निर्माण नहुने भन्दै उनले स्वस्थ भेटेरीनारी पेशाका लागि स्वास्थ्य र शिक्षा नीति उत्कृष्ट हुनुपर्ने र त्यसलाई ल्याइनुपर्ने बताए । उनले भने यस भेटघाटले आपसी सम्बन्ध मजबुत हुने र एक अर्कालाई परेको वेलामा सहयोग गर्न सजिलो हुने बताए ।

कार्यक्रममा वरिष्ठ पशु चिकित्सक डा. पुस्पेन्द्र साहले पशु चिकित्सा समृद्धिका लागि अभियान चलाउन जरुरी रहेको र यसका लागि स्रोत साधनको उपलब्धता, नीतिगत व्यवस्था, सुरक्षित वातावरण आदि सबै पक्ष समेटिनुपर्ने बताए । पेशामा सुरक्षा र मनमा खुसी भएन भने गुणस्तरीय नतिजा पाउन नसकिने भन्दै उनले सबै पक्ष मिलेर पशु चिकित्सा पेशालाई मर्यादित र सुरक्षित बनाउन लाग्नुपर्ने बताए ।

यस्तै डा. हेमचन्द्र जयसवालले अहिले पशु चिकित्सा क्षेत्र असुरक्षित हुँदै गएको भन्दै अब यसलाई सुधार गर्न सबै लाग्नुपर्ने बताए । ‘पशु चिकित्सकबीचको सम्बन्धमा नै समस्या देखापरिरहेको छ । उनले भने, चिकित्सकलाई आफ्नो पेशागत संगठनले पेशागत हकहित र पेशागत सुरक्षामा दरिलो आवाज उठाउन नसकेको कारण नयाँ डाक्टरहरुलाई नै निरास बनाएको छ ।

विगत लामो अवधी देखि पशु चिकित्सामा आफ्नो योगदान पुर्याउदै आएका डा. कमरुल्ला अन्सारी, डा. सुवाश सिंह, डा. प्रधुमन यादव लगायतले आफ्ना धारणा प्रस्तुत गरेका थिए । जीतपुरसिमरा उपमहानगरपालीका स्थीत रहेको पर्यटकिय क्षेत्र सिमरा पार्कमा कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमको सञ्चालन म्यानकाईण्ड फर्माले गरेका थिए ।

प्रतिक्रिया