मध्यराति जाजरकोटमा ६.४ म्याग्निट्यूडको भूकम्प, काठमाडौंसम्म धक्का महसुस

काठमाडौ । काठमाडौँमा शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरेका छन् ।

जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको छ’, उनले भने । भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो ।

भूकम्पबाट जाजरकोटसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएपनि थप विवरण प्राप्त हुन सकेको छैन ।

प्रतिक्रिया