बुद्ध एयरले भूकम्प प्रभावितलाई एक करोड सहयोग गर्ने

काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले जाजरकोट तथा पश्चिम रुकुमका भूकम्प प्रभावितका लागि १ करोड सहयोग गर्ने घोषणा गरेका छन् । बुद्ध एयरले प्रधानमन्त्री देवी प्रकोप राहत कोषमार्फत एक करोड सहयोग गर्ने घोषणा गरेको छ ।
बुद्ध एयरले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमार्फत यस्तो जानकारी गराउँदै उद्धार तथा राहत सामग्री ढुवानीमा सहयोग गर्ने पनि प्रतिबद्धता जनाएको छ ।
बुद्ध एयरले सामाजिक सञ्जाल फेसबुक पेजमा लेखेको छ, ‘जाजरकोट तथा पश्चिम रुकुममा आएको प्राकृतिक विपदमा परि त्यहाँका थुप्रै नागरिकले ज्यान गुमाएका छन् ।
भूकम्पले थुप्रै परिवार घरबारविहीन भएका छन् । यस दुःखद परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनै पर्छ । हामी बुद्ध एयर परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु एक करोड सहयोग दिने निर्णय गरेका छौँ । साथै उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि वचनबद्ध छौँ ।’






