१२ जनाको नाममा मुद्दा परेपछि आजका लागि तय भएको अन्तर्वार्ता स्थगित

चिकित्सा शिक्षा आयोगको रिक्त रहेको चार वटा निर्देशकको पदका लागि सर्ट लिस्टमा परेका १२ जनाको नाममा मुद्दा परेपछि आजका लागि तय भएको प्रस्तुतिकरण र अन्तर्वार्ता स्थगित भएको छ।

नाम सिफारसि समितिले आज तीन चरणमा लिने गरी बनाएको तालिका सार्वजनिक गरेको थियो। तर अन्तिम समयमा आएर स्थगित गरिएको हो। प्रस्तुतिकरण र अन्तर्वार्ता स्थगन गर्नुको कारण भने खुलाइएको छैन।

सर्ट लिस्टको नाममा नै विरोध गर्दै आइतवार नै सर्वोच्च अदालतमा मुद्दा परेपछि अदालतको आदेश कुर्नका लागि स्थगन गरिएको बताइएको हो।

नाम सिफारसि समितिले आवेदन दिएका २० जनामध्ये सबैको विवरण अध्ययनपछि उच्च नम्बर प्राप्त गर्ने १२ जनालाई सर्ट लिस्ट गरेको थियो। सर्ट लिस्टमा परेका १२ जनामध्ये प्रस्तुतीकरण र अन्तर्वार्तामा उत्कृष्ट नम्बर ल्याउने ४ जना आयोगको निर्देशकमा सिफारिस हुनेछन्।

निर्देशकका लागि नाम सिफारिस गर्न गठित समितिले अघिल्लो मङ्गलवार सूचना निकाल्दै ७ दिनभित्र आवेदन दिन भनेको थियो। समितले मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी तीन वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्ने छ।

प्रतिक्रिया
    ट्याग: