मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शास्त्र अध्ययन तर्फ पायो ७ सिट

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शास्त्र अध्ययन तर्फ ७ वटा सिट पाएको छ।

चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको सूचना अनुसार मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शास्त्रतर्फ स्नातकोत्तरतर्फ विभिन्न ४ विधामा ७ वटा सिट पाएको हो।

आयोगका अनुसार प्रतिष्ठानले स्त्री तथा प्रसुति रोग विभाग तर्फ २, इन्टर्नल मेडिसिन विभाग तर्फ २, जनरल सर्जरी विभाग तर्फ २ र बालरोग विभाग तर्फ १ सिट पाएको हो।

यसअघि प्रतिष्ठानमा स्त्री तथा प्रसुतिरोग विभाग र बालरोग तर्फको अध्ययन हुँदै आएकोमा यस वर्ष जनरल सर्जरी र इन्टर्नल मेडिसिन थप गरिएको हो।

प्रतिक्रिया