रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान मुलुकको गौरव

राजविराज (सप्तरी) । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेस प्रदेशको मात्र नभई समग्र मुलुककै गौरव भएको बताएको छ ।

नेपाल कांग्रेस सप्तरीको राजविराजस्थित पार्टी कार्यालयमा पत्रकारसँग कुराकानी मन्त्री गुरुङले प्रतिष्ठानको कामअघि बढाउन आवश्यक पर्ने कानुन छिट्टै कार्यान्वयनमा आउने जानकारी दिए ।

राजविराजमा सवा दुई वर्षअघि शिलान्यास गरी अलपत्र अवस्थामा रहेको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य अविलम्ब सुरु गर्न आफूले आवश्यक पहल गरिरहेको जानकारी दिँदै उनले प्रतिष्ठानका लागि कानुन बनाउन विधेयक आवश्यक पर्ने हुँदा सम्बन्धित मन्त्रालयका मन्त्रीलाई छिट्टै विधेयक ल्याउन ताकेता गरिरहेको बताए ।

मन्त्री गुरुङले पार्टी सङ्गठन बलियो बनाउन गत निर्वाचनमा जितेका र पराजित भएकाबीच कुनै भेदभाव नगरी समान ढङ्गको व्यवहार र सँगै लिएर जानु आवश्यक रहेको बताए ।

प्रतिक्रिया