जनमत नेताको पहलमा सामुदायिक विद्यालयमा खानेपानी फिल्टर जडान

सिरहा । सिरहाको मिर्चैया नगरपालिका-७, फुलबरियामा अवस्थित श्री बाबुजी राय जुनाई ठाकुर माध्यमिक विद्यालयमा शुद्ध खानेपानीका लागि फिल्टर जडान गरिएको छ
जनमत पार्टीकी नेतृ एवं प्रदेश सांसद भाग्यश्री चौधरी र जनमत नेता तथा मिर्चैया खानेपानी संस्थाका अध्यक्ष अंजय साहको पहलमा ईपीसी नेपाल नामक संस्थाले विद्यालयमा खानेपानीको फिल्टर मेसिन जडान गरिदिएको हो ।
फिल्टर जडान भएपछि विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शुद्ध खानेपानीको आपूर्ति सहज हुनेछ । उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति एवं पूर्वमन्त्री अब्दुल खानको विशेष पहलमा यो कार्य भएको नेता साहले बताए
यस्ता कामहरू स्थानीय सरकारले गर्नुपर्ने भएपनि चासो नलिएपछि नेता साहले यसका लागि पहल गरेका थिए । जनमत पार्टीले श्रोतसाधनको अभावका बावजुद पनि सकेसम्मको प्रयास गरी गरिरहेको जनमुखी कामको जनताले प्रशंसा गरिरहेका छन् ।






