बस दुर्घटना अपडेट : ५ जनाको मृत्यु, २२ घाइते

दाङ । नेपालगन्जदेखि काठमाडौं जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

भे.१ख ३९१२ नम्बरको बस दुर्घटनामा घाइते भएका २२ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएको छ । बस दुर्घटनामा मृत्यु हुनेमा एक महिला र चार पुरुष छन् । मृतकहरुको परिचय खुल्न भने बाँकी छ ।

प्रहरीका अनुसार दाङको भालुवाङस्थित राप्ती नदीमा शुक्रबार राति साढे १० बजे बस खसेको हो । बसमा ३० यात्रु चढेका थिए ।

दाङका प्रहरी प्रवक्ता (डीएसपी) जनक मल्लका अनुसार दुर्घटनामा परेका बसका चालकको सकुशल उद्धार गरिएको छ । दुर्घटनाको कारण थाहा हुन नसकेको मल्लले बताए ।

अस्पतालमा पुर्‍याइएका घाइतेहरुको उपचारमा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट स्वयं खटिएका छन् । उनी स्वास्थ्यकर्मीसमेत हुन् ।

प्रतिक्रिया