जनकपुरधाम साहित्य, कला तथा अन्तराष्ट्रिय नाट्य महोत्सव सुरु

जनकपुरधाम । जनकपुरधाम साहित्य, कला तथा अन्तराष्ट्रिय नाट्य महोत्सव २०८० सुरु भएको छ । मधेश प्रदेशको उद्योग वाणिज्य मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका र मैथिली विकास कोषको संयुक्त आयोजना पाँच दिवसीय महोत्सव सुरु भएको हो ।

महेन्द्र नायारण निधि मिथिला संस्कृति केन्द्रमा आज एक समारोहबीच पूर्वप्रधानमन्त्री एवं नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले महोत्सवको समुद्घाटन गरेको छ ।

मैथिली भाषा, साहित्य, कला, संस्कृति, अर्थ र पर्यटन प्रवद्र्धनका विकासका निम्ति महोत्सवको आयोजना गरिएको आयोजक मैथिलि विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले बताएको छ ।

आजदेखि सुरु भएको महोत्सव २२ गतेसम्म चल्नेछ । महोत्सव अवधिभर करिब २० वटा विभिन्न विषयमा विमर्श गरिने आयोजकले जनाएको छ ।

महोत्सवको समुद्घाटन समारोहमा प्रमुख प्रतिथि पूर्वप्रधानमन्त्री नेपालसहित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृृषेशचन्द्र लाल, नेकपा एमालेका सचिव योगेश भट्टराई, मधेश प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिताकुमारी यादव, मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्त, राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा, वरिष्ठ साहित्यकार प्राध्यापक डा. राजेन्द्र विमल लगायतका विशिष्ट व्यक्तिहरु सहभागि भएको छ ।

पाँच दिवसीय महोत्सवमा विभिन्न विषयमा विमर्श हुनुका साथै सांस्कृतिक झाँकी, मिथिला चित्रकला कार्यशाला तथा प्रदर्शनी, बहुभाषिक नाटक, मिथिला भोजन तथा पुस्तक प्रदर्शनी, स्कुलस्तरीय वक्तृत्वकला प्रतियोगितासहित सांस्कृतिक कार्यक्रम हुनेछ ।

महोत्सवमा नेपाल र भारतको कलाकारहरुले आठ वटा नाटक प्रदर्शन गर्नेछ । जसमा पहिलो दिन हिउँको पृथ्वी यात्रा दोश्रो दिन तिनिता रंगीन, विरजु विल्टु आ बाबु तेश्रो दिनमन मञ्च, काँट चौथो दिन सामचको सामचको अविहा हे, दुःखहि जनम भेल र पाँचौं दिन जोगाड् नाटक मञ्चन हुनेछ ।

महोत्सवमा नेपाल भारतका मिथिला क्षेत्रको चर्चित रंगकर्मी तथा गायकको समेत प्रस्तुति रहनेछ । जसमा रंजना झा, प्रिया मल्लिक, सुनिल कुमार मल्लिक, आभाष लाभ, नवीन मिश्र, पुनम मिश्र, प्रियाराज, ललित कामत, नेहा प्रियदर्शनी, अमर आनन्द, हरिशंकर चौधरी, रविराज साह, सुभाष विरपुरिया, जुली झाm रामनारायण ठाकुर, मोहित खण्डेवाल, हृदय रामयसहितको सहभागिता रहनेछ।

नेपाल र भारतका विद्धान, विदूषि, सामाजिक अभियन्ता, रंगकर्मी तथा राजनीतिकर्मीको सहभागिता रहने सो महोत्सवमा सङ्घीयता, भाषानीति, साहित्यका विभिन्न विधा तथा समाजको वर्तमान अवस्थाप्रति मन्थन हुने कोषका अध्यक्ष चौधरीले बताएको छ ।

महोत्सवको पहिलो दिन आज(बिहीबार) ‘नव घर उठ्य, पुरान घर…?’ शिर्षकमा रमेश रञ्जनको सहजीकरणमा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा, मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, नेकपा एमालेका नेता योगेश भट्टराई, नेकपा(एकीकृत समाजवादी) की नेता रामकुमारी झाँक्री, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सबिता गौतम र पूर्व राजदूत विजयकान्त लाल कर्ण बहस हुनेछ । यो सत्र आज ३ बजेदेखि ४.३० सम्म हुनेछ ।

यस्तै आजको दोश्रो सत्रमा ‘सामाजिक सञ्जाल की जञ्जाल…?’ विषयमा सञ्चारकर्मी स्नेहा झाको सञ्चालनमा वरिष्ठ साहित्यकार रामभरोस कापडीको बीज भाषणसहित साहित्यकार धर्मेन्द्र विह्वल, राजनीतिक विश्लेषक चन्द्रकिशोर, वरिष्ठ पत्रकार वृजकुमार यादव, सञ्चारकर्मी पार्वता चौधरी र अनलाइन खबरका सम्पादक शिव गाउँले संवाद हुनेछ । कार्यक्रम अपराह्न ४.३० देखि ५.३० सम्म हुनेछ
तत्कालिन जिल्ला विकास समिति धनुषाको निर्वाचित जनप्रतिनिधिले २०५८ सालमा स्थापना गरेको कोषले प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना गर्दै आएको महोत्सव २०७३ सालदेखि निरन्तर भईरहेको छ ।

प्रतिक्रिया