कहिले हुँदैछ मधेशमा सरकार पुर्नगठन !
मुख्यमन्त्री सरोजकुमार यादवकै नेतृत्वमा सरकार पुर्नगठन हुन्छ : प्रमुख सचेतक यादव

जनकपुरधाम । अघिल्लो साता केन्द्रमा सरकारको समीकरण फेरिएपछि त्यसको असरमा अन्य प्रदेशमा देखिएपनि मधेश प्रदेशमा हालसम्म देखिएको छैन् । सत्ता गठबन्धन बाहिरका दलको नेतृत्व भएको गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा गठबन्धनका मन्त्रीहरुलाई बर्खास्त नै गरिसकेको छ । तर, यस प्रदेशमा भने त्यस्तो केही गतिविधि अहिलेसम्म भएको छैन् । सोमबार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी, सुदुरपश्चिम र मधेश प्रदेशको प्रदेश प्रमुखलाई पदमुक्त गरी नयाँ प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरेको छ । यद्यपि प्रदेशमा नवनियुक्त प्रदेश प्रमुख पदभार ग्रहण गरिसकेको छैन् ।
मधेश प्रदेशमा पनि जसपाको नेतृत्व रहेको मधेस प्रदेश सरकार पनि पूनर्गठन हुने सम्भावना प्रवल छ । तर, संघमा सत्ता गठबन्धनले सत्ता समीकरणबारे ठोस् निष्कर्षमा पुग्न नसकेपछि प्रदेश सरकार उनीहरुको निर्देशन कुरेर बसिरहेको छ । यद्यपि प्रदेशमा गठबन्धनमा सहभागि अन्य दलहरुले अब जसपाले नेतृत्व हस्तान्तरण गर्नुपर्ने सिगनल दिँदैछन् ।
मधेश प्रदेश सरकारको पुर्नगठनबारे चैत १ गते छलफल हुन लागेको केन्द्रमा सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र मधेश प्रदेश दलका नेता भरत प्रसाद साह बताउँछन् । चैत्र १ गते हुने बैठकबाट गठबन्धनका नेतृत्वले गर्ने निर्णयानुसार मधेशमा सरकारको फर्मेसन हुने उनी बताउँछने । तर, यहाँका सरकारमा अब आलोपालो गरी नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नेतृत्व गर्नुपर्ने बताउनुहुन्छ । जसपाले विगत ६ वर्षदेखि लगातार सरकारको नेतृत्व गर्दै आएकोले अब नेतृत्व छोडेर आफुहरुलाई साथ दिनुपर्ने उनको भनाइ छ ।
यता केन्द्रमा सत्ता गठबन्धनबाट काँग्रेस र लोसपा दल बाहिरिएपनि मधेशमा बाहिरिएको छैन् । दलका नेता साहका अनुसार ती दलहरुलाई मुख्यमन्त्रीले राजिनामा दिन भनिसकेको बताउछन् । तर, केन्द्रले प्रदेशमा नयाँ मन्त्री मण्डलबारे कुनै ठोस निर्णय नगरेकाले उहाँहरुले सरकार नछोडेको बताए ।
सरकार पूर्ण गठनमा मुख्यमन्त्रीले उदाशिनता देखाईरहेको नेकपा एमाले मधेश प्रदेशका दलका नेता सरोजकुमार यादवको आरोप छ । मुख्यमन्त्रीले गठबन्धनबाट अल्गिएका दलहरुलाई न अहिले अहिलेसम्म राजिनामा दिन भन्नुभएको छ न केही, उनले भने, अब हेरौं पार्टी नेतृत्व र गठबन्धनले के निर्णय गर्छ । सोही अनुसार मधेशमा सरकारको नयाँ फर्मेशन हुने दलका नेता यादवले भने ।
प्रदेशमा २३ साँसदसहित पहिलो दल रहेको एमाले अबको गठबन्धनमा नेतृत्व गर्नुपर्ने उनको दाबी छ ।
सुरुमा अब अन्य दलले नेतृत्व गर्नुपर्ने कुरा नयाँ गठबन्धनभित्र चलेको थियो । तर, केन्द्रमा फेरी नयाँ गठबन्धनमा पनि मधेशमा जसपाले नै नेतृत्व गर्नुपर्छ भन्ने कुरा भएको छ, नेकपा एकिकृत समाजवादी पार्टीका मधेश प्रदेशका दलका नेता गोबिन्द बहादुर न्यौपाने बताउछन् । उनले भने, कन्फर्म त होईन तर सुन्दैछु फेरी पनि जसपा कै नेतृत्वमा सरकारको पुर्नगठन भई अगाडी बढ्ने कुरो भएको छ । तरपनि हामीले केन्द्रको आधिकारीक निर्णलाई कुरिरहेका छौं, उनले भने ।
यस्तै सरकार पुर्नगठनबारे मुख्यमन्त्री सरोजकुमार यादवले बोल्न खोजेको छैन् । उनी जसपाबाट आफ्नो नेतृत्वलाई अझ लम्बाउन काठमाडौंमा पार्टी अध्यक्ष समक्ष दौडधुप बढाएको छ । उनी अहिले काठमाडौंमा रहेको बुझिएको छ ।
यता भने जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशीष यादवले संघीय सदनमा प्रधानमन्त्रीले विश्वासको मत लिसकेपछि मधेश प्रदेशसहित सबै प्रदेशहरुमा सरकार पुर्नगठनबारे छलफल सुरु हुने बताए । उनले विश्वासको मतपछि गठबन्धनमा रहेको दलहरुबीच सहमति र सहकार्यमा अगाडी बढ्ने गरी प्रदेश सरकारहरु पुर्नगठनबारे निर्णय हुने बताए ।
प्रमुख सचेतक यादवले मधेश प्रदेशमा वर्तमान मुख्यमन्त्री सरोजकुमार यादवकै नेतृत्वमा सरकार पुर्नगठन हुने समेत उनले बताए ।
सरकारमा विपक्षिको हिसाबले छु । सरकारबाट बाहिरिने आधिकारीक कुनै पनि निर्णय हाम्रो पार्टीले नगरेको नेपाली काँग्रेस मधेश प्रदेश दलका नेता एवंम् भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका कृष्ण प्रसाद यादव बताउछन् । उनले सरकारबाट बाहिरिने विषयमा अहिलेसम्म मुख्यमन्त्रीले पनि केही नभनेको बताए । विपक्षी उहाँहरु पर्ख र हेरको रणनीतिमा रहेको बताउछन् । उनले भन्छन्, ‘हामी किन सरकार छोड्नुपर्यो । नयाँ मन्त्रीपरिष्द गठन भएपछि हामी यतिकै हटिहाल्छौं नि ।’
यस्तै लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालबाट मधेश प्रदेश सरकारमा वन तथा वातावरण मन्त्रीको रुपमा सहभागि हुनुभएका रमेश प्रसाद कुर्मी पनि सरकारमा रहने वा नरहने विषयमा पार्टीले आधिकारीक निर्णय गरिनसकेको बताए । उनले सोही विषयलाई टुंग्याउन पार्टीमा बैठक चलिहरहेको बताए । उनले भने, पार्टीले गरेको निर्णयानुसार राजीनामा दिने वा अन्य विकल्पबारे सोच्छौं । ७ सांसदसहित लोसपा प्रदेश सरकारमा सहभागि छन् ।
१० दल सहभागी मधेश प्रदेशमा काँग्रेस २२ सांसदसहित दोश्रो ठुलो दल छ । अहिले सरकारमा काँग्रेसबाट दलका नेता कृष्ण प्रसाद यादव भौतिक पूर्वाधार विकास मन्त्री, विरेन्द्र प्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्री र मोहम्मद समिम गृह, सञ्चार तथा कानून मन्त्री छन् ।
उता संघमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि विश्वासको मत लिनेछ । उनले विश्वासको मत लिएपछि चैत १ गते गठबन्धनको बैठक ढाकेर प्रदेश सरकारहरु पुर्नगठनबारे निर्णय लिनुहुने बुझिएको छ ।
संघीय सत्ता समिकरण अनुसार मधेशमा २३ सांसदसहित एमाले, १९ जनता समाजवादी पार्टी(जसपा), ९ नेकपा माओवादी केन्द्र र ७ सांसदसहित नेकपा एकिकृत समाजवादी(एस) पार्टी सरकारमा सहभागि हुनेछ ।
बाँकी गठबन्धन बाहिर रहेका काँग्रेसको २२, जनतम १३, लोसपा ९, नागरिक उन्मुक्ति र राप्रपाको एक÷एक तथा स्वतन्त्र सांसद एकजना सरकारको विपक्षीको भूमिकामा रहनेछ ।






