मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. साहले गरे पदभार ग्रहण

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा.अंकुर साहले पदभार ग्रहण गरेका छन्।

गत बिहीवार प्रतिष्ठानको उपकुलपतिमा नियुक्त भएका डा.साहले सोमवार प्रतिष्ठानमा आयोजित समारोहकाबीच पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहण अघि मुख्यमन्त्ती यादवले उपकुलपति डा.साहलाई मुख्यमन्त्री कार्यालयमा पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए।

उनलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले उपकुलपतिमा नियुक्त गरेका थिए।

प्रतिष्ठानका रेक्टर समेत रहेका डा.साह प्रतिष्ठानका निमित उपकुलपतिको रुपमा पछिल्लो समय कार्यरत थिए।

गत २५ जेठमा प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएपछि प्रतिष्ठान उपकुलपतिबिहीन थियो।

पदभार ग्रहण गरेका डा.साहले अब प्रतिष्ठानको कामले गति लिने बताए। उनले प्रतिष्ठानलाई देशकै नमूना बनाउने बताए।

प्रतिक्रिया