नेपाल भारतबीचको सम्बन्ध अतुलनीय : मुख्यमन्त्री यादव

जनकपुरधाम । मुख्यमन्त्री सरोज कुमार यादवले नेपाल र भारत बिचको सम्बन्ध अतुलनीय रहेको बताएको छ ।

स्वामी बिबेकानन्द साँस्कृतिक केन्द्र भारतीय दूतावास काठमाडौ द्वारा नयाँ बर्षको अवसरमा आज जनकपुरधाममा आयोजित द्वितीय जनकपुरधाम साँस्कृतिक महोत्सव को उद्घाटन गर्दै मुख्यमन्त्री यादवले नेपाल भारतबीचको सम्बन्ध हिमाल भन्दा पनि उचो र समुद्र भन्दा पनि गहिरो रहेको उल्लेख गरे ।

नेपाल भारतबीचको सम्बन्ध दुई देशको सरकार भन्दा पनि जनता जनता बिच रहेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले भने, यो कुराको पुष्टि रामलालाको प्राण प्रतिष्ठा को बेला दुबै देशमा देखिएको हर्षोत्सवले गरि सकेको छ ।’

सिमा क्षेत्रमा सुरक्षा र राजस्वको नाँउमा केही वर्षयता सर्वसाधारण संग सुरक्षाकर्मी हरुबाट भै रहेको व्यबहारले दुई देश बिचको सदियौ पुरानो सम्बन्धलाई नै खलल पु¥याउने कार्य भै रहेको उल्लेख गर्दै उनले त्यसमा सुधार ल्याउन नेपाल र भारत दुबै सरकार संग आग्रह समेत गरे ।

भारतीय महावाणिज्य दूतावास वीरगंजका महावाणिज्यदूत डिएस मिनाको अध्यक्षतामा भएको उक्त कार्यक्रम मा जनकपुरधाम उपमहानगरक प्रमुख मनोज कुमार साह सहितका बक्ताहरुले साँस्कृतिक कार्यक्रमको सफलताको शुभकामना दिनु भएको थियो । कार्यक्रममा सँस्कृती एवं अर्थ बिद डा. हरिवंश झाले माता जानकी लिला प्रसंग बारे चर्चा गरेको थियो ।

महोत्सवमा दुई देशक नारीहरुको साझा पहिरण साडीको प्रदर्शनीका साथै विभिन्न किल्लाहरुको फोटो प्रदर्शनी गरिएको थियो ।

महोत्सव अन्तरगत आज साँझ साँस्कृतिक कार्यक्रमको आयोजना समेत गरिने छ ।

कार्यक्रममा मुख्यन्यायाधिबक्ता बिरेन्द्र ठाकुर, मधेश प्रदेश सभाका सदस्यहरु लगायत विभिन्न क्षेत्र का गणमान्री व्यक्ति हरुको व्यापक उपस्थिती रहेको थियो ।

प्रतिक्रिया