भंगहा–जनकपुर–जयनगर रेलसेवा तीन दिनका लागि बन्द

जनकपुरधाम । आजदेखि भंगहा–जनकपुर–जयनगर रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारतमा लोकसभा चुनावका लागि नेपाल–भारत अन्तराष्ट्रिय बोर्डर सिल गर्न लागेकाले तीन दिनसम्मका लागि रेलसेवा बन्द रहने एक सूचनामार्फत नेपाल रेल्वे सेवा कम्पनी लिमिटेडले जनाएको छ।
भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गरिन्छ । त्यसैले आजदेखि नै जयनगर–जनकपुर–भंगहा रेलसेवा बन्द हुने भएको छ ।
रेलसेवा मंगलवारसम्म तीन दिन पूर्ण रुपमा बन्द रहने कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जन झाले जारी गरेको सूचनामा उल्लेख छ।
सूचनामा नेपाल–भारत दुवै पक्षको बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णय अनुसार रेलसेवा तीन दिन बन्द रहने उल्लेख छ ।
प्रतिक्रिया






