तीन महिना नपुग्दै तानिए सिरहाका एसपी आचार्य

सिरहा । इलामका एसपी वासुदेव खतिवडा र सिरहाका एसपी सन्तोष आचार्यलाई फिर्ता बोलाइएको हो । सिरहामा रमेश पण्डितलाई पठाइएको छ । इलाममा कसलाई पठाउने टुंगो लागिसकेको छैन ।

सिरहामा आचार्यलाई १ फागुनको सरुवामा पठाइएको थियो । इलामका खतिवडाको पनि एक वर्ष अवधि नपुग्दै सरुवा गरिएको हो । उनीहरुलाई हटाउनुको कारणबारे प्रहरी प्रधान कार्यालयले बताएको छैन ।

यसअघि २३ चैत २०८० मा पनि समय नपुग्दै ७ जिल्लाका एसपीहरु हटाइएका थिए । तीमध्ये कतिपय एसपी विवादास्पद छविका थिए ।

प्रतिक्रिया