नेपाल सिए संघ मधेश प्रदेशको अध्यक्षमा साह

जनकपुरधाम । नेपाल चाटर्ड एकाउण्टेण्टस(सिए) सघं मधेश प्रदेशको अध्यक्षमा प्रमोदकुमार साह चयन भएका छन् ।

शनिवार ढल्केवरमा सम्पन्न नेपाल चाटर्ड एकाउण्टेण्ट सघं को ३५औं केन्द्रिय कार्य समितिका भेलाबाट साहको नेतृत्वमा ५ सदस्यीय समिति चयन गरिएको हो । समितिको सचिवमा सन्तोष गुप्ता, कोषाध्यक्षमा चित्रसेन साह, सदस्यमा विकाश जयसवाल र अमित पौडेल चयन भएका छन् ।

त्यसैगरी भेलाबाट धनुषा च्यापटरका अध्यक्ष श्री मनोज पौडेल र पर्सा च्यापटरका अध्यक्ष श्री गणेश ठाकुर सर्वसम्मतबाट चयन भएका छन् ।

मधेश प्रदेशका अध्यक्ष अरविन्द खेतानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशबाट ८० चाटर्ड एकाउण्टेण्ट मध्ये ५१ जना मतदानमा सहभागि भएका थिए ।

प्रतिक्रिया