जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्षमा भण्डारी विजयी

जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष पदमा सुरेन्द्र भण्डारी ७२ मतले विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्दी मनिष रमण साहलाई भण्डारीले पराजित गरी उनी विजयी भएका हुन् । भण्डारीले १ हजार ६ सय ४४ मत ल्याउँदा मनिषले १ हजार ५ सय ७२ मत प्राप्त गरेका छन् । अध्यक्षका तेस्रो प्रतिष्पर्धी जितेन्द्र प्रसाद साहले जम्मा २९३ मत पाएका छन् ।
४ हजार ७६ मतदाता रहेको संघको निर्वाचनमा शनिबार ३ हजार ५ सय ७४ जनाले मतदान गरेका थिए ।
प्रतिक्रिया






