प्रधानमन्त्रीलाई मेयर बालेनको कटाक्ष : अमेरिकाले corrupt भनिसक्यो, ईन्डियाले भिकारी भनिसक्यो…

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई कटाक्ष गरेका छन्।उनले शुक्रबार बिहान फेसबुकमा एक स्टाटस लेख्दै नेपालको वर्तमान अवस्था प्रति असन्तुष्टि जनाएका छन्।

उनको स्टाटसमा उल्लेख छ:

“प्यारो प्रधानमम्त्री ज्यु,
अमेरिकाले corrupt भनिसक्यो,
ईन्डियाले भिकारी भनिसक्यो,
चिनले मान्छे गन्दैन,
मलाई मेयर हो भनेर बिर्सिनुस,
नेपाली भएर बाँच्ने आधार त दिनुस?”

उनको यो स्टाटस सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ। धेरै नागरिकहरूले उनको अभिव्यक्तिलाई समर्थन जनाएका छन्।

नेपालमा भ्रष्टाचार, परनिर्भर अर्थतन्त्र, तथा छिमेकी मुलुकहरूसँगको सम्बन्धका विषयमा उठेका प्रश्नहरूलाई संकेत गर्दै उनले सरकारप्रति असन्तुष्टि व्यक्त गरेको देखिन्छ।

राजनीतिक विश्लेषकहरूका अनुसार, मेयर शाहको यो अभिव्यक्ति काठमाडौं महानगरपालिका भित्रका समस्याहरूभन्दा बाहिरको राष्ट्रिय मुद्धा उठाउने प्रयासको रूपमा लिन सकिन्छ।

प्रतिक्रिया