बीपी राजमार्ग पुनर्निर्माणका लागि ८ अर्ब ५० करोड बजेट सुनिश्चित

रामेछाप । गत असोज महिनामा आएको बाढी र पहिरोको कारण क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माणका लागि सरकार ८ अर्ब ५० करोड रुपैँया बजेट सुनिश्चित गरेको छ।सरकार र सम्बन्धित पक्ष बीच सहमति भएपछि यो बजेट निश्चित गरिएको हो।

सडक मर्मतको लागि बजेट सुनिश्चित गर्ने निर्णय गत महिनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले स्थलगत अवलोकन गरेपछि गरिएको हो। उनले वर्षाको समयमा पनि सडक अवरुद्ध नहोस् भन्ने निर्देशन दिएका थिए।

बीपी राजमार्गको पुनर्निर्माणको लागि ९ अर्ब ६६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। यस रकममा भक्तपुर नेपालथोक खण्डको लागि ७ अर्ब ५० करोड र खुर्कोट खण्डको लागि १ अर्ब रुपैयाँ सुनिश्चित गरिएको छ। चालु वर्षमा दुवै खण्डका लागि १ अर्ब ७० करोड रुपैयाँ विनियोजन गर्ने योजना छ।

अस्थायी सडक निर्माणका लागि दुवै खण्डमा २१ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ। अहिले रोशीखोला क्षेत्रको अस्थायी सडक बनाइएको छ। बाढीले ठूलो क्षति पु¥याएका कारण यात्रुहरूले अहिले कच्ची सडकमा जोखिमपूर्ण यात्रा गरिरहेका छन्।

प्रतिक्रिया