शिक्षा मन्त्रालयले खुलाएको छात्रवृतिमा आवेदन परेन, प्रधानमन्त्रीद्वारा आवेदन दिन आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न विषयमा खुलाएको छात्रवृतिमा आवेदन नपरेपछि तत्काल आवेदन माग गरेको छ ।
मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएकोमा आवश्यक सङ्ख्या नपुगेका कारण एकदुई दिन भित्र आवेदनका लागि मन्त्रालयले आग्रह गरेको हो ।
मन्त्रालयको उक्त सूचना प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेसबुक पेजमार्फत् सेयर गर्दै आवेदन दिन आह्वान समेत गरेका छन् ।
प्रधानमन्त्री ओलीले अन्डर ग्रेजुएट एमबीबीएस १ जना, पोस्ट ग्रेजुएट इन्जिनियरिङमा ७ जना, एग्रीकल्चरमा ३ जना, पीएचडी इन्जिनियरिङमा १ जना, भेटेरिनरीमा १ जना, आइटीमा ४ जना, मेडिकल साइन्समा २ जना र कन्जरभेसन १ जनाको सिट अझै खाली रहेको हुँदा छात्रवृत्तिका लागि छिटो भन्दा छिटो (एकदुई दिनभित्रै) आवेदन दिन आग्रह गरेका हुन् ।
secretariat.education@moest.gov.np
प्रतिक्रिया






