मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रयोगशाला भवनको शिलान्यास

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले शैक्षिक प्रयोगशालाका लागि भवनको शिलान्यास गरेको छ ।
प्रतिष्ठानको मणिमन्डपस्थित जग्गामा सोमवार प्रतिष्ठानका कुलपति तथा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहज्युको प्रमुख आतिथ्यतामा भएको हो ।

शैक्षिक प्रयोगशाला भवनले आगामी दिनमा विद्यार्थीहरूलाई सहज हुने अपेक्षा गरिएको छ ।
शिलान्यास कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्रा.डा.अंकुर साह , रजिस्टार डा. विनोद यादव, रेक्टर डा. राम नरेश पण्डित र प्रादेशिक अस्पतालका निर्देशक डा. जामुन सिंह लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया






