रोमाञ्चक खेलमा मुम्बईमाथि बैङ्गलोरको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत रोमाञ्चक खेलमा रोयल च्यालेन्जर्स बैङ्गलोरले जित हात पारेको छ ।
मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा मुम्बईलाई १२ रनले हराउँदै बैङ्गलोरले तेस्रो जित हात पारेको हो ।
बैङ्गलोरले दिएको २ सय २२ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको मुम्बई इन्डियन्सले निर्धारित ओभरमा ९ विकेट गुमाए २ सय २१ रन मात्रै बनाउन सक्यो । मुम्बईलाई जितबाट रोक्न क्रुणाल पाण्ड्याले सर्वाधिक ४ विकेट लिए भने जोश हेजलवुड र यश दयालले २ समान विकेट लिए । जबकी भुवनेश्वर कुमारले १ विकेट हात पारे ।
बैङ्गलोरको जितका लागि ओपनर ब्याट्सम्यान विराट कोहलीले सर्वाधिक ६७ रन बनाउँदा कप्तान रजत पाटीदारले ६४ रन बनाए ।
मुम्बईका लागि कप्तान हार्दिक पाण्ड्याले २ विकेट लिँदा ट्रेन्ट बोल्टले पनि २ विकेट लिए । त्यस्तै विग्नेश पुथुरले १ विकेट हात पारे ।
हालसम्म जारी सिजनमा मुम्बईले ४ खेल खेल्दा १ मा मात्रै जित निकालेको छ भने ३ खेल खेलेको बैङ्गलोरले २ मा जित निकालेको छ ।
आजको खेलमा दुबै टिम जित निकाल्दै अङ्क तालिकामा आफ्नो स्थान सुधार्न चाहन्छ ।






