कोलकोत्ताले टस जित्यो, लखनउलाई पहिला ब्याटिङ्ग गर्न निम्तो

काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत कोलकोत्ता नाइट राइडर्सले टस जितेको छ । कोलकोत्ताको इडन गार्डेनमा हुने खेलमा कोलकोत्ताले टस जितेर लखनउ सुपर जाइन्ट्सलाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको छ ।

जारी सिजनमा हालसम्म ४ खेल खेलेको दुबै टिमले समान २/२ खेलमा जित निकालेको छ । तर, नेट रनरेटको आधारमा कोलकोत्ता पाँचौ स्थानमा छ भने लखनउ छैटौँ स्थानमा रहेको छ ।

यस्तै आजै हुने अर्को खेलमा चेन्नई सुपर किङ्ग्स र पञ्जाब किङ्ग्सबीच भिडन्त हुनेछ ।

चेन्नई र पञ्जाबबीचको खेल साँझ ७ः४५ बजे मुल्लानपुरमा हुनेछ । जारी सिजनमा पञ्जाब राम्रो प्रदर्शनसहित अङ्क तालिकाको चौँथो स्थानमा रहेको छ भने चेन्नई खराब प्रदर्शनसहित अङ्क तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

हालसम्म पञ्चाबले ३ खेल खेलेकोमा २ मा जित हात पारेको छ भने चेन्नईले ४ खेलमा १ मा मात्रै जित निकालेको छ ।

प्रतिक्रिया
    ट्याग: