रुसले युद्धमा चीनियाँ नागरिकको प्रयोग गरिरहेको युक्रेनी राष्ट्रपतिको दावी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले रुसले युद्धमा चीनियाँ नागरिकको प्रयोग गरिरहेको दावी गरेका छन् ।
बीबीसीका अनुसार युक्रेनी सेनाले दुईजना चीनी नागरिकलाई पक्राउ गरेको र उनीहरू रुसी सेनासँग मिलेर युक्रेनविरुद्ध युद्धमा सहभागी भएको जेलेन्स्कीले दावी गरेको बताएको छ ।
जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘युक्रेनको सीमा दोनेत्सक क्षेत्रमा दुईजना चीनियाँ नागरिकलाई पक्राउ गरिएको छ । उनीहरूको पहिचान पत्र, बैँक कार्डका आधारमा पहिचान गरिएको छ । पक्राउ गरिएका दुबैजना रुससँग मिलेर युक्रेनविरुद्ध युद्धमा सहभागी भएको पनि पुष्टि भएको छ ।’
जेलेन्स्कीले युक्रेन नजिकको क्षेत्रमा रुसी सेनामा यी दुईजना बाहेक अन्य चीनियाँ नागरिक पनि हुन सक्ने दावी गरेका छन् ।
प्रतिक्रिया






