राजस्थानले टस जित्यो, गुजरातलाई ब्याटिङ्गको निम्तो

काठमाडौँ । इन्डिन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत राजस्थान रोयल्सले टस जितेको छ ।

अहमदावादमा हुने आजको खेलमा राजस्थानले टस जितेर गुजरात टाइटन्स्लाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको छ । खेल अहिले ७ः४५ बजेबाट सुरु हुँदैछ ।

जारी सिजनमा गुजरात राम्रो प्रदर्शनसहित अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ भने राजस्थान सातौँ स्थानमा रहेको छ । हालसम्म गुजरातले ४ खेल खेलेकोमा ३ मा जित हात पारेको छ भने राजस्थानले ४ खेलमा २ मा मात्रै जित निकाल्न सकेको छ ।

प्रतिक्रिया