दुर्गा प्रसाईँ पक्राउ

काठमाडौँ । दुर्गा प्रसाईँ पक्राउ परेका छन् । गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके प्रसाईं भारतमा पक्राउ परेका छन् ।

प्रहरी स्रोतका अनुसार उनलाई पक्राउ गरेर नेपाल ल्याइँदैछ ।

तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं केहीबेरपछि सम्पर्कविहीन भएका थिए ।

त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो । यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए ।

प्रतिक्रिया
    ट्याग: