दुर्गा प्रसाईँलाई अदालतमा पेश गरियो

काठमाडौँ । भारतको आसामा राज्यमा पक्राउ परेका दुर्गा प्रसाईँलाई जिल्ला अदालत काठमाडौँमा पेश गरिएको छ ।

बिहीवार राति पक्राउ परेको प्रसाईँलाई शुक्रवार हवाईजहाजमार्फत् काठमाडौँ ल्याइएको हो ।

पूर्वराजावादीहरूले यही चैत १५ गते काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा सङ्लग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसूर गरेको भन्दै प्रसाईँ र उनका सहयोगी दीपक खड्कालाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया