महावीरको जीवनबाट सिक्दै सत्कर्ममा हिँडौँः मुख्यमन्त्री सिंह

पर्सा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जैनधर्मका प्रवर्तक महावीरको जीवनीबाट अहिंसा र सामाजिक सत्कर्मको बाटोमा हिँड्ने प्रेरणा लिनुपर्ने बताएका छन् ।

जैन श्वेताम्बर तेरापन्थीसभा वीरगन्जले महावीर जन्मजयन्तीका अवसरमा शुक्रवार आयोजना गरेको कार्यक्रममा उनले अहिंसाको सत्मार्गलाई सबैले पालना गरेर अघि बढ्नुपर्ने धारणा राखे ।

“मानवजाति पछिल्लो समय विभिन्न भागदौड र प्रतिस्पर्धामा जुटिरहेको अवस्था छ । यस्तो समयमा भगवान् महावीरका उपदेश उत्तिकै व्यावहारिक र सान्दर्भिक छन्”, मुख्यमन्त्री सिंले भने, “जैन संस्कृति र सभ्यतालाई नयाँ पिँढीमा हस्तान्तरण गर्दै लैजान जरुरी भइसकेको छ ।”

उनले अहिंसा र मानवतावाद नै अहिलेको आवश्यकता रहेको धारणा राखे ।

प्रतिक्रिया