सुन तोलाको १ लाख ८७ हजार पुग्यो

काठमाडौं । सुन तोलाको १ लाख ८७ हजार पुगेको छ । अघिल्लो दिन तोलामा १ हजार ७ सय रुपैयाँले घटेको सुनको मूल्य आज फेरि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एकैदिन सुनको भाउ तोलामा २ हजार ७ सयले बढेर प्रतितोला १ लाख ८७ हजार रुपैयाँ मूल्य पुगेको छ । यो नयाँ रेकर्ड हो । यसअघि सोमवार प्रतितोला १ लाख ८६ हजारको उच्चतम रेकर्ड थियो ।

अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा पनि प्रभाव परेको हो । यस्तै चाँदी तोलामा १० रुपैयाँले बढेको छ । प्रतितोला १ हजार ९५५ रुपैयाँ आजका लागि मूल्य तय भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया