मधेशका पूर्व प्रदेश प्रमुख अहिराजविरुद्ध जवरजस्ती करणीमा मुद्दा दायर, पक्राउ पुर्जी पनि जारी

काठमाडौं । मधेश प्रदेशको पूर्वप्रदेश प्रमुख राजेश अहिराजमाथि जवरजस्ती करणीको आरोपमा मुद्दा दायर भएको छ ।

जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा रहेको महिला सेलले उनीमाथि मुद्दा दायर भएपछि अनुसन्धान अघि बढाएको हो । परिसरका एसपी तथा प्रवक्ता अपीलराज बोहराले अहिराजमाथि अनुसन्धान भइरहेको पुष्टि गरेका छन् ।

प्रहरीका अनुसार एकजना नाबालिग युवतीले अहिराजविरुद्ध १७ वर्षको उमेरदेखि निरन्तर शारीरिक र मानसिक यातना दिँदै जबर्जस्ती करणी गरेको आरोप लगाउँदै जाहेरी दर्ता गरेकी हुन्।

मुद्दा दायर भएसँगै उनको पक्राउ पुर्जि पनि जारी गरिएको छ ।

प्रतिक्रिया
    ट्याग: