युद्ध अन्त्यका लागि हमास तयार, तर इजरायलद्वारा प्रस्ताव अस्विकार

काठमाडौँ । हमासले युद्ध अन्त्यका लागि गरेको प्रस्ताव इजरायलले अस्विकार गरेको छ ।

हमासले बिहीवार जारी युद्ध अन्त्य गर्न आफू तयार रहेको भन्दै इजरायली कब्जामा रहेका सबै प्यालेस्टिनी नागरिकलाई रिहा गर्न पनि माग गरेको हो ।

हमासले युद्ध अन्त्यका लागि तयार रहेको र यसका लागि स्थायी समाधान खोजेको बताएको छ । साथै गाजामा बढ्दो भोकमरीलाई अन्त्य गर्न इजरायली सबै बन्धकलाई रिहा गर्न तयार रहेको बताएको हो । तर, इजरायलले उक्त प्रस्ताव औपचारिक रुपमा अस्विकार गरेको बीबीसीले जनाएको छ ।

इजरायलले नयाँ सम्झौतामा १० बन्धकको रिहाई गर्दा ४५ दिनका लागि युद्धविराम गर्न तयार रहेको बताएको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा इजरायली सेनाले गरेको आक्रमणमा परी ३७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया