किसानका लागि पाइलट योजना ल्याइने

काठमाडौँ । सरकारले किसानका लागि पाइलट योजना ल्याउने भएको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले किसानका लागि छुट्टै पाइलट योजना बनाएर अघि बढ्ने बताए ।

त्यस्तै सरकारले कृषि मल कारखाना स्थापना गर्नेछ भने भने प्रङ्गारिक मलको प्रयोगमा जोड दिँदै किसानलाई जैविक मलको उत्पादन र प्रयोगबारे जानकारी दिने कामका लागि योजना बनाएर अघि बढने तयारी गरेको छ ।

प्रतिक्रिया