राष्ट्रिय सभामा प्रिसा साहको मृत्युबारे गृहमन्त्रीको जवाफ माग

काठमाडौं । सांसदहरूले भारतको ओडिशास्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साहको मृत्युबारे गृहमन्त्रीको जवाफ माग गरेका छन् ।

आइतवार राष्ट्रिय सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसदहरूले बारम्बार एउटै कलेजमा एकै प्रकृतिका घटना हुनुले गम्भीर बनाएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

भारतको उडीसामा रहेको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत वीरगञ्जकी १९ वर्षीया प्रिसा साह गत बिहीवार होस्टलमा मृत भेटिएकी थिइन् । यसअघि सोही विश्वविद्यालयमा अध्ययनरत प्रकृति लम्साल पनि मृत फेला परेकी थिइन् ।

नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाया साहको मृत्यु प्रकरणपछि सरकारले समयमै चासो देखाएको बुझिएको बताए । केआईआईटी विश्वविद्यालयमा करिब १२ सय नेपाली विद्यार्थी अध्ययनरत रहेको स्मरण गरे ।

त्यस्तै, नेकपा माओवादी केन्द्रकी सांसद गंगा कुमारी बेलबासे सरकारले गम्भीर रुपमा चासो लिएर त्यसबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

नेकपा एमालेकी सांसद सुमित्रा बिसी भविष्य बनाउँछु भनेर विदश पढ्न गएकाहरूको सुरक्षामा नेपाल सरकारले पनि ख्याल गर्नेपर्ने आग्रह गरिन् ।

प्रतिक्रिया