नारायणी अस्पतालका तत्कालीन निर्देशक डा.ठाकुरसहित ९ जनामाथि भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्जस्थित नारायणी अस्पतालका तत्कालीन निर्देशक डा. सञ्जय ठाकुरसहित ९ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नारायणी अस्पतालको आकस्मिक कक्ष भवन निर्माण र ‘इन्टरलक ब्लक’ बिछ्याउने सम्बन्धी ठेक्कामा मिलेमतो गरेको गरेको दाबीसहित आयोगले विशेष अदालतमा आइतवार अभियोग पत्र दायर गरेको हो ।
सार्वजनिक निर्माण कार्यमा प्रतिस्पर्धा सीमित हुने गरी ठेक्का सम्झौता गरी हानिनोक्सानी पुर्याएको अभियोग पत्रमा उल्लेख छ ।
ठाकुर लगायत ९ जनालाई १ करोड ८४ लाख३८ हजार ४५८ रुपैयाँ बिगो कायम गरिएको छ ।
कुल लागतको ३ दशमलव ५ प्रतिशत हिस्सा इन्टर ब्लक बिछ्याउने रहेको र मुख्य निर्माण कार्य नभई सहायक निर्माण कार्य रहेको उक्त निर्माण कार्यमा एमएम ३५ इन्टरब्लक बिछ्याउने कार्यका आधारमा मात्रै बोलपत्र अस्वीकृत गरी मिलेमतोमा राज्यलाई हानिनोक्सानी गरेको अभियोग पत्रमा उल्लेख छ ।
विशेष अदालतमा दायर गरेको आरोप पत्रमा नारायणी अस्पतालका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सञ्जयकुमार ठाकुरविरुद्ध एक करोड ८४ लाख ३८ हजार रुपैयाँ बिगो कायम गरेको छ ।
विशेष अदालतमा दायर गरेको आरोप पत्रमा नारायणी अस्पतालका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सञ्जयकुमार ठाकुरविरुद्ध एक करोड ८४ लाख ३८ हजार रुपैयाँ बिगो कायम गरेको छ ।
शहरी विकास तथा भवन कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख इन्जिनियर राजेन्द्र साह तथा इन्जिनियर मोहम्मद सकुर अन्सारीसँग पनि सोही रकम बराबरको बिगो कायम गरेर कैद र जरिवाना गरी बिगो असुल उपर गर्न माग गरेको छ ।
त्यसैगरी नारायणी अस्पताल वीरगञ्जका तत्कालीन लेखापाल सुदीपकुमार रायमाझी, नायब सुब्बा सुशीलप्रसाद यादव, मूल्यांकन समितिका संयोजक डा। वीरेन्द्रबहादुर प्रधान, सदस्य सचिव माधवी चौधरी, मिसन कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिका प्रबन्ध निर्देशक तथा लुम्बिनी मिसन जेभीका आधिकारिक प्रतिनिधि जगत बुढा, लुम्बिनी बिल्डर्स प्रालिका तत्कालीन प्रबन्ध निर्देशक विष्णुप्रसाद शर्मा र लुम्बिनी–मिसन जेभी’ विरुद्ध पनि ठाकुर बराबरको बिगो र कैद सजायको माग गरिएको छ ।








