‘अपरेशन सिन्दुर’ बारे भारतीय विदेशमन्त्रीले भनेः आतङ्कवादविरुद्ध जिरो टोलरेन्स

काठमाडौँ । भारतीय विदेश मन्त्री एस जयशंकरले ‘अपरेशन सिन्दुर’ बारे पहिलोपटक प्रतिक्रिया दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘आतङ्कवादलाई लिएर पुरै विश्वलाई जिरो टोलरेन्स देखाउनुपर्छ’ ।
भारतको काश्मिरस्थित पहलगाममा गत २२ अप्रिलमा २६ जना हिन्दु पर्यटकको हत्या गरिएको थियो भने १७ जना घाइते भएका थिए । भारतले पहलगाम आक्रमणको बदला स्वरुप गयराति पाकिस्तानमा रहेका विभिन्न आतङ्की केन्द्रमा हवाई आक्रमण गरेको छ ।

प्रतिक्रिया






