भारतीय हवाई आक्रमणमा १० जना परिवारका सदस्य मारिएः मसूद अजहर

काठमाडौँ । चरमपन्थी सङ्गठन जैश–ए–मोहम्मदले भारतीय आक्रमणमा परिवारका १० र ४ जना सहयोगी गरी १४ जना मारिएको दावी गरेको छ ।

सङ्गठनका प्रमुख मसूद अजहरको परिवारका १० जना र अन्य ४ जना सहयोगी भारतीय आक्रमणमा मारिएको जैश–ए–मोहम्मद (जेईएम) ले बुधवार जारी गरेको वक्तव्यमा उल्लेख गरिएको बीबीसीले जनाएको छ ।

वक्तव्यमा मसूदकी ठूली दिदी र ज्वाई, भदा र उसको श्रीमति, भदैनी र परिवारका ५ जना बच्चा भारतीय आक्रमणमा मारिएको बताइएको छ । साथै आक्रमणमा मसूदका ३ जना सहयोग र एकजना सहयोगीको आमाको पनि मृत्यु भएको बताइएको छ ।

सन् २०१९ फेब्रुअरीमा जैश–ए–मोहम्मदले जम्मू–काश्मिरमा एक आत्मघाती बम विस्फोट गराएको थियो । जसमा ४० जना भारतीय सेनाको मृत्यु भएको थियो ।

भारतीय सेनाले बुधवार राति १ बजेर ५ मिनटमा पहलगाम आक्रमणको बदला स्वरुप अपरेशन सिन्दूर चलाएको थियो । जसमा कम्तिमा ३० जना मारिएको बताइएको छ ।

प्रतिक्रिया