राजावादीद्वारा जेठ १५ देखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा

काठमाडौं । राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि भन्दै जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा भएको छ ।

राजसंस्था पुनर्स्थापनाका लागि गठित समितिका संयोजक नवराज सुवेदीले बिहीवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जनआन्दोलन घोषणा गरेका हुन् ।

आफूहरूको आन्दोलन व्यवस्था परिवर्तनका लागि भएको भन्दै कुनै पनि सरकार वा सत्तामा रहेका दलहरूको विरोध नगर्ने उनले घोषणा गरे ।

घोषणा सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पञ्चायतकालीन नेता केशरबहादुर विष्ट लगायत उपस्थित थिए ।

प्रतिक्रिया