इन्डियन प्रिमियर लिग अनिश्तिकालका लागि स्थगित

काठमाडौँ । इन्डियन प्रिमियर लिग अनिश्तिकालका लागि स्थगित गरिएको छ ।

पाकिस्तान र भारतबीचको युद्धस्थितिका कारण भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले जारी सिजनको आईपीएल अनिश्तिकालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

बीसीसीआईले आफ्नो पहिलो प्राथमिकतामा विदेशी खेलाडीलाई सुरक्षित घर पठाउने विषयलाई राखेको छ ।

पाकिस्तानले बिहीवार राति भारतमाथि ड्रोन आक्रमण गरेपछि धर्मशालामा जारी पञ्जाब र दिल्लीबीचको खेल रद्द गरिएको थियो । अब नयाँ मिति बीसीसीआईले चाँडै घोषणा गरिने पनि बताएको छ ।

गत सिजनमा पनि आईपीएल दुई चरणमा भएको थियो । भारतमा गत सिजनको आईपीएल जारी हुँदा लोकसभा चुनाव भएकाले आईपीएल दुई चरणमा भएको थियो ।

प्रतिक्रिया
    ट्याग: