विराट कोहलीले गरे टेस्ट क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौँ । भारतीय क्रिकेटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

केहीदिन अघि उनले टेस्ट क्रिकेटबाट सन्यास लिने संकेत गरेका थिए । टेस्ट क्रिकेटमा शानदार प्रदर्शन गरेका कोहलीले यसअघि अन्तर्राष्ट्रिय टी ट्वान्टी क्रिकेटबाट सन्यास लिएका थिए ।

१२१ टेस्ट म्याच खेलेका कोहलीले २१० पारीमा ४६ दशमलव ८५ को औसतले ९ हजार २ सय ३० रन बताएका छन् । कोहलीले टेस्ट क्रिकेटमा ३० शतक र ३१ अर्धशतक बनाएका छन् ।

आफ्नो इन्स्टाग्राममा पोस्ट गर्दै उनले टेस्ट क्रिकेटबाट सन्यास लिएको बताएका छन् ।

उनले लेखेका छन्, ‘१४ वर्ष अघि पहिलोपटक मैले ब्यागी ब्लू जर्सी लगाएको थिए । इमान्दारीका साथ भन्दा मैले कल्पना पनि गरेको थिइन् की टेस्ट फर्म्याटमा मेरो यात्रा यस्तो रहन्छ । यसले मलाई निखार्नुका साथै मलाई बुझ्यो र सिकायो अनि मलाई आज यहाँसम्म पुर्‍यायो ।’

प्रतिक्रिया