मधेशका नवनियुक्त मन्त्री कुशवाहा र यादवले गरे पदभार ग्रहण

जनकपुरधाम । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । जनमतबाट बसन्त कुशवाहा उद्योग वाणिज्य तथा पर्यटन र संजय कुमार यादव वन तथा वातावरण मन्त्री बनेसँगै मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् गठन भएको हो ।
मुख्यमन्त्री सतिशकुमार सिंहले दुवैजनालाई मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख सावित्री सुवेदी भण्डारीबाट पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।
जनमतले यसअघि बिहीवार वन तथा वातावरण मन्त्री त्रिभुवन शाह र उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकील अलि मियालाई सरकारबाट फिर्ता बोलाएको थियो ।
जनमतका प्रवक्ता डा.शरदसिंह यादवले एकवर्षे कार्यकालको समीक्षा गरी मन्त्री फिर्ता बोलाएर मूल्यांकनको आधारमा नयाँ व्यक्तिलाई अवसर दिने निर्णय अनुसार दुईजनालाई मन्त्रीको जिम्मेवारी दिइएको बताए ।
प्रतिक्रिया






