भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन

काठमाडौँ । भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन भएको छ ।
मुकुलका भाई राहुल देवले उनको निधनबारे पुष्टि गरेका छन् । मुकुलको निधनको कारणबारे पुष्टि हुन सकेको छैन ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार नयाँ दिल्लीमा मुकुलको शुक्रवार निधन भएको हो ।
भारतीय अभिनेता विन्दु दारा सिंहले मुकुल पछिल्लो समय बिरामी रहेको बताएका छन् ।
मुकुलको निधनले भारतीय कला जगत शोकमा डुबेको छ ।
मुकुलले सन अफ सरदार, कोहराम, दस्तकलगायत कन्नड, मलयालम लगायतका चलचित्रमा अभिनय गरिसकेका छन् ।
प्रतिक्रिया






