लालु यादवले छोरा तेज प्रतापलाई गरे पार्टी र परिवारबाट निस्कासन

काठमाडौँ । राष्ट्रिय जनता दलका अध्यक्ष लालु प्रसाद यादवले छोरा तेज प्रताप यादवलाई पार्टी र परिवारबाट निकाला गरेका छन् ।

अध्यक्ष यादवले आइतवार आफ्नो छोरा तेज प्रतापलाई ६ वर्षका लागि पार्टीबाट निकालेका छन् । साथै तेज प्रतापको परिवार र पार्टीसँग कुनैपनि सम्बन्ध नरहेको बताएका छन् ।

दाईलाई निकालेको विषयमा तेजश्वी यादवले प्रतिक्रिया दिँदै गलत गर्नेसँग कुनै सम्बन्ध नरहने बताएका छन् ।

उनले भने, हामी आफ्नो काम गर्दैछौँ । बिहारप्रति हामी समर्पित छौँ । हामी जनताका दुःख सुखमा भाग लिँदैछौँ । जनताको मुद्दा उठाउँदैछौँ ।

तेज प्रतापले आफ्नो सामाजिक सञ्जालमा एक पोस्ट गरेका थिए । जसलाई लिएर विपक्षीले प्रश्न उठाएका थिए ।

प्रतिक्रिया