चीनियाँ र हङकङका विद्यार्थीको भिसा जाँचमा कडाई गर्दै अमेरिका

काठमाडौँ । अमेरिकी सरकारले चीनियाँ र हङकङबाट आएका विद्यार्थीहरूको भिसाको जाँच गर्ने भएको छ ।

अमेरिकी विदेश मन्त्री मार्को रुबियोले चीनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध रहेकाहरूको पहिचानका लागि यो कदम उठाइएको बताए ।

भिसाका शर्तहरूमा संशोधन गर्ने तयारी भइरहेको र यसले आगामी दिनमा भिसा आवेदकको जाँचमा थप कडाई गर्न सकिने उनको भनाइ छ ।

पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेरिफलाई लिएर चीन र अमेरिकाबीचको सम्बन्ध बिग्रिएका कारण यो कदम उठाइएको अनुमान लगाइएको छ ।

यसअघि रुबियोले सोमवार विश्वभरमा अमेरिकी दूतावासलाई विद्यार्थीलाई दिइने भिसा रोक्न आदेश दिएको बताएका थिए ।

अमेरिकी तथ्याङ्क अनुसार गत वर्ष लगभग २ लाख ८० हजार चीनियाँ नागरिक अमेरिका अध्ययनका लागि आएका थिए ।

प्रतिक्रिया