असाममा बाढीका कारण १५ सय गाउँ डुबानमा, १८ जनाको मृत्यु

काठमाडौँ । भारतको असाम राज्यमा वर्षासँगैको बाढीमा परी १ हजार ५ सयभन्दा बढी गाउँ डुबानमा परेका छन् ।
लगातारको वर्षा पछि आएको बाढीका कारण असामका विभिन्न २१ जिल्लामा गरी १ हजार ५ सय ६ गाउँ डुबानमा परेका हुन् ।
बीबीसीका अनुसार पछिल्लो २४ घन्टामा असाममा बाढीका कारण ६ जनाको मृत्यु भएको छ । योसँगै असाजमा बाढीका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
त्यस्तै बाढीका कारण ६ लाख ३३ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् भने ४० हजार विस्थापित भएका छन् ।
प्रतिक्रिया






