चीनद्वारा आफ्ना नागरिकलाई सक्दो छिटो इजरायल छाड्न अपील

काठमाडौँ । इजरायलस्थित चीनियाँ दूतावासले आफ्ना नागरिकलाई सक्दो छिटो इजरायल छाड्न अपील गरेको छ ।
चीनियाँ दूतावासले आफ्ना नागरिकलाई आफ्नो सुरक्षाको सुनिश्चितता गर्दै ल्यान्ड बोर्डर क्रसिंगको माध्यमबाट इजरायल छाड्न भनेको हो । इजरायली हवाई क्षेत्र बन्द भएका कारण सडक सञ्जालमार्फत् इजरायल छाड्न भनेको हो ।
सोमवार जारी गरिएको सूचनामा चीनियाँ दूतावासले आफ्ना नागरिकलाई जोर्डनको बाटो हुँदै स्वदेश फर्कन भनेको छ ।
इजरायल–ईरान संघर्ष बढ्दै गएका कारण नागरिकको सुविधामा समेत नोक्सानी भइरहेको र नागरिकको मृत्यु हुने क्रम पनि बढिरहेकाले सावधानीका साथ इजरायल छाड्न सूचनामा भनिएको छ ।
प्रतिक्रिया






