अमेरिकाद्वारा क्यानडासँगको व्यापार सम्झौता अन्त्यको घोषणा

काठमाडौँ । अमेरिकाले क्यानडासँगको व्यापार सम्झौता समाप्त गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार क्यानडासँगको व्यापार सम्झौता तत्काल समाप्त गरेको घोषणा गरेका हुन् ।

बीबीसीका अनुसार ट्रम्पले क्यानडाले अमेरिकी टेक कम्पनीलाई लक्षित गरेर कर लगाउने तयारी गरिरहेको हुँदा यो कदम उठाइएको बताए ।

सन् २०२५ को सुरुआतमा अमेरिकी राष्ट्रपतिको पद सम्हालेदेखि नै राष्ट्रपति ट्रम्पले कर युद्ध सुरु गरेका हुन् । उनले विश्वका विभिन्न मुलुकमाथि कर बढाउने र लगाउने कामलाई निरन्तरता दिँदै आइरहेका छन् ।

प्रतिक्रिया