उत्तराखण्डमा पहिरो खस्दा ९ जना मजदुर बेपत्ता

काठमाडौँ । भारतको उत्तराखण्ड राज्यको उत्तरकाशीमा पहिरो खस्दा ९ जना मजदुर बेपत्ता भएका छन् ।

उत्तरकाशी प्रहरीका अनुसार यमुनोत्री राष्ट्रिय राजमार्गमा पालीगाडदेखि करीब ४–५ किलोमीटर पर सिलाई ब्यान्ड नजिकै पहिरो जादा ९ जना मजदूर बेपत्ता भएका हुन् ।

पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी भइरहेको प्ररीले बताएको छ ।

प्रहरीका अनुसार लेबर क्याम्पमा १९ जना श्रमिक थिए । जसमा १० जना कामदार सुरक्षित रहेका छन् ।

प्रतिक्रिया