अमेरिकाको टेक्सासमा बाढीमा परी ७८ जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको टेक्सास राज्यमा आएको बाढीमा परी ७८ जनाको मृत्यु भएको छ भने ४१ जना बेपत्ता भएका छन् ।

बीबीसीका अनुसार सबैभन्दा बढी केर काउन्टीमा भएको छ । स्थानीय प्रशासनका अनुसार २८ जना बालबालिकासहित ६८ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेको सङ्ख्या बढ्न सक्छ ।

टेक्सासका गर्भनर ग्रेग एबटका अनुसार बाढीमा बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आपतकालीन स्थितिबाट जुध्नका लागि सबैलाई मिलेर काम गर्न निर्देशन दिएका छन् ।

मौसम विभागले आगामी २४ देखि ४८ घन्टासम्म उक्त क्षेत्रमा हुरी बतास आउन सक्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया