कीर्ते र जालसाजी अभियोगमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष साह पक्राउ

जनकपुरकधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साह कीर्ते र जालसाजी अभियोगमा पक्राउ परेका छन् ।

परिषद्का कार्यकारी निर्देशक बैजनाथ पासवानको हस्ताक्षर कीर्ते गरी ४ जना कर्मचारीलाई बर्खास्त गरेको अभियोगमा साहलाई सोमवार प्रहरीले पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिए ।

परिषद्का कार्यकारी निर्देशक पासवानले अध्यक्ष साह आफ्नो हस्ताक्षर कीर्ते गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा गत चैत २८ गते उजुरी दिएका थिए ।

विधि विज्ञान प्रयोगशालाबाट माग भए बमोजिम कीर्ते हस्ताक्षर सम्बन्धी परीक्षण प्रतिवेदन प्राप्त भएपछि प्रहरीले जिल्ला अदालत धनुषाबाट वैशाख २५ गते पक्राउ गर्न अनुमति पाए लगतै साह फरार भएका थिए ।

साहमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत धनुषामा उपस्थित गराएको छ ।

साहले हस्ताक्षर कीर्ते गरी प्रशासकीय अधिकृत जितेन्द्र यादव, लेखापाल सावित्री गिरी, नासुद्वय मदन चौधरी र सञ्जय मण्डललाई बर्खास्त गरेका थिए ।

प्रतिक्रिया