मधेश प्रदेशको बजेटमा त्रुटि, छानबिन गर्न ६ सदस्यीय कार्यदल गठन

जनकपुरधाम । मधेश प्रदेशको आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा भएको त्रुटि छानबिन गर्न तथा सदनको गतिरोध हटाउन प्रदेश सभाले ६ सदस्यीय कार्यदल गठन गरेको छ ।
सभामुख रामचन्द्र मण्डलको नेतृत्व भएको गठन प्रतिपक्ष, सत्ता पक्ष र सरकारका मन्त्री रहने गरी कार्यदल गठन भएको हो ।
कार्यदलमा प्रमुख प्रतिपक्षी दल जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादव, प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबाट जवाहरलाल कुशवाहा, नेकपा एकीकृत समाजवादीबाट कनिष पटेल रहेका छन् । यस्तै सत्ता पक्षबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता सरोजकुमार यादव छन् ।
विपक्षी दलहरूले पछिल्लो चार दिनदेखि बजेट पुर्नलेखनको माग गर्दै बैठक अवरुद्ध गर्दै आएका छन् ।
प्रतिक्रिया






